Quantcast
Viewing all articles
Browse latest Browse all 7

लकडाउनको मोडल फेरिए स्कुल खुल्न सक्छन् : मन्त्री बराल

Image may be NSFW.
Clik here to view.

प्रदेश ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले लकडाउनको मोडल परिवर्तन भए फरक तरिकाले स्कुल खोल्न सकिने बताएका छन्।

प्रदेश ५ मा कोरोनाको अहिलेको प्रभावलाई हेर्दा लकडाउनको मोडल परिवर्तन गरी स्कुल सञ्‍चालन गर्न सकिने अवस्था रहेको उनको भनाइ थियो।

शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा प्रदेश ५ सरकारको तयारी’ विषयक भर्चुअल प्रेस मिट कार्यक्रममा बोल्दै उनले स्कुल सञ्‍चालनका लागि भने सर्तहरू रहने बताए।

‘केही क्षेत्रलाई कडाई गर्नुपर्छ’, उनले भने, ‘स्कुलको पठनपाठन सामाजिक दूरी, शिक्षक विद्यार्थीको स्वास्थ्य जाँच र स्वास्थ्यकर्मीको व्यवस्था गरि स्कुल सञ्‍चालन गर्ने संभावना छ।’ तर, लकडाउनको मोडेल यसरी नै जान्छ वा परिवर्तन हुन्छ भन्ने विषय टुङ्गो लागि नसकेको हुँदा अन्यौलता भने कायम रहेको मन्त्री बरालले बताए।

उनले लकडाउन यही अवस्थामा रहेपनि प्रत्येक बालबालिकासँग सरकार पुग्ने बताए। कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी प्रभावबाट भएको लकडाउनका कारण नयाँ शैक्षिक शत्र सञ्‍चालनमा अलमल भैरहेको वेला उनको यस्तो भनाई आएको हो।

मन्त्री बरालले विभिन्न माध्यमको प्रयोग गरी स्थानीय र केन्द्र सरकारको समन्वयमा विद्यालय तहमा अध्ययन गर्ने बालबालिकासम्म पुग्ने बताए।

उनले लकडाउन लम्बिदै गए बालबालिकाको सिकाइमा निरन्तरता दिन प्रदेश सरकारले शैक्षिक एप्स निर्माण र प्रयोग, टेलिभिजन कक्षा, रेडियो कक्षा र अभिभावक परिचालनको माध्यम अपनाउने जानकारी दिए। त्यसका लागि कुन माध्यममा बालबालिकाको पहुँचको अवस्था कस्तो छ? भन्ने बिषयमा मन्त्रालयले कार्यदल बनाई अध्ययन गरिरहको उनको भनाई छ।

प्रदेश सरकारले कक्षा ९ सम्मको वार्षिक परिक्षाको नतिजा तुरुन्त प्रकाशित गर्नका लागि स्थानीय तहलाई अनुरोध गरिसकेको बताए। ‘विभिन्न माध्यमबाट नतिजा प्रकाशित हुन्छ’, मन्त्री बरालले भने, ‘पाठ्यपुस्तक छपाई र ढुवानी गरी विद्यार्थीको हातमा पुर्‍याउने कामलाई प्रदेश सरकारले तिब्रता दिन्छ।’

इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा नभएका बालबालिकालाई सिकाइमा कसरी जोड्ने? र, बिशेषगरी विज्ञान र गणित जस्ता बिषयको ज्ञान सबै बालबालिकामा कसरी प्रदान गर्ने? भन्ने बिषयमा पनि अध्ययन गरिरहेको र छिट्टै नै त्यसले मूर्तरुप लिने मन्त्री बरालको भनाई छ।

हामीले संघीय सरकारलाई पनि शिक्षाका निकायहरूलाई परिचालन गर्ने गरी जिम्मेवारी तोक्नका लागि सुझाव दिएको छौं’, मन्त्री बरालले भने, ‘कुन निकाय कुन सरकारको भन्ने भन्दा पनि विपतमा शिक्षाको काममा प्रभावकारीता ल्याउन जोड गरेका छौं।’

उनले संघीय शिक्षा मन्त्री र सातै प्रदेशका सामाजिक विकास मन्त्रीबीचमा शिक्षामा लकडाउनले ल्याउने क्षति र गर्न सकिने उपायको बिषयमा भर्चुअल बैठक भइसकेको बताए। ‘हामीले संघीय सरकारलाई पनि शिक्षाका निकायहरूलाई परिचालन गर्ने गरी जिम्मेवारी तोक्नका लागि सुझाव दिएको छौं’, मन्त्री बरालले भने, ‘कुन निकाय कुन सरकारको भन्ने भन्दा पनि विपतमा शिक्षाको काममा प्रभावकारीता ल्याउन जोड गरेका छौं।’

एसइइ, कक्षा ११ र १२ को परिक्षाको बिषयमा विभिन्न मोडेलहरुमा कुराकानी अघि बढिरहेको उनको भनाई छ। मुख्यगरी आन्तरिक मूल्यांकन, विद्यालयले लिने गरेको त्रैमासिक परिक्षा, मुख्य अनिवार्य बिषयको मात्रै सानो समूहमा परिक्षा लिने जस्ता मोडेलहरुमा कुरा भइरहेको मन्त्री बरालले बताए।

शिक्षा पत्रकार समूहको भर्चुअल प्रेस मिटमा सामाजिक विकास मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, प्रदेश ५ का साथै काठमाडौंका दुई दर्जन पत्रकारहरू सहभागी थिए। पत्रकारहरूले सामाजिक विकास मन्त्री बरालसँग शिक्षा केन्द्रित जिज्ञासाका साथै सुझावहरू राखेको थिए।

लकडाउनको समयममा शिक्षा पत्रकार समुहले सातै प्रदेशका सामाजिक विकास मन्त्री र संघिय शिक्षा मन्त्रीसँग क्रमशः लकडाउन र सरकारको तयारीको बिषयलाई केन्द्रित गरी भर्चुअल प्रेस मिट गर्ने समूहका अध्यक्ष तुला अधिकारीले बताए।


Viewing all articles
Browse latest Browse all 7

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>