Quantcast
Viewing all articles
Browse latest Browse all 7

अब स्कुल–स्कुलमा बालबालिकालाई कोरोना खोप

सरकारले ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई कोभिड—१९ विरुद्धको मोर्डनाको खोप दिने भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार हाललाई ५८ जिल्लाबाट खोप अभियान सुरु गरिनेछ।

सरकारले बालबालिकाहरुलाई खोप नचलाएका जिल्ला छनौट गरी मोडर्ना खोप चलाउने तयारी गरेको हो ।

मोडर्ना खोप १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकालाई पुस ४ देखि दिने निर्णय भएको विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए।

स्वास्थ्यकर्मीले मोडर्ना खोप ५८ वटा जिल्लाका स्कुल स्कुलमा लगेर बालबालिकालाई खोप दिइने छ।

आजमात्रै १५ लाखभन्दा बढी मोडर्नाको खोप नेपाल आइपुगेको छ। विभागका अनुसार आगामी आइतबार थप १९ लाख डोज नेपाल आइपुग्ने कार्यतालिका छ।

यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुसा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेल्धुरामा १२ देखि १७ बर्षसम्मका बालबालिकालाई खोप दिइएको थियो।

 


Viewing all articles
Browse latest Browse all 7

Trending Articles



<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>